सेनाले नाइट भिजन हेलिप्याड निर्माण गर्दै | Khabarhub Khabarhub

सेनाले नाइट भिजन हेलिप्याड निर्माण गर्दै


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।

जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिए ।

उनले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताए । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुनेछ”, उनले भने ।

सेनाले जिल्लाका छ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाइएको छ ।

हेलिप्याड निर्माण गर्न बाँकी स्थानीय तहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको प्रमुख सेनानी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ०० बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको