गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइयो « Khabarhub

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइयो


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ ।

संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राति प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरेका थिए । ।

सोही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आगामी १३ गते विशेष अधिवेशन डाक्न सिफारिस गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले बैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने तयारी गरिएपछि मुख्यमन्त्री गुरुङले मध्यरातमा नै अधिवेशन स्थगित गर्न सिफारिस गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ०१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको