कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर « Khabarhub

कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिकामा केही हेरफेर गर्ने निर्णय गरेको छ ।

आज अबेर बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरणको काम बैशाख १५ गतेसम्म सक्ने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका क्रियाशील सदस्यहरुले बैशाख १२ गते फर्म लिएर ३० गते विवरण बुझाउन समय दिने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले क्रियाशील सदस्यहरुको सबै विवरण आफ्नो वेवसाइटमा राख्ने निर्णय गरेको छ । आजको बैठकमा अन्य राजनीतिक विषयमा कुनै छलफल नभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ०१ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य