सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बालक सुभाष अन्य सबै विषयमा धेरै राम्रा थिए । तर बङ्गाली भाषा उनलाई अलिकति पनि आउँदैनथ्यो । उनले आफ्नो कमजोरी चिनेर यसलाई पूर्ण रुपमा भगाए ।

यस विषयमा सुभाषचन्द्र बोस आफैले लेखेका छन्बङ्गाली मेरो मातृभाषा भए पनि म यसको एक शब्द पनि पढ्न सक्दिनथेँ ।

अन्य विद्यार्थीलाई यसको राम्रो ज्ञान थियो । मलाई स्कुलको पहिलो दिनको घटना अझै पनि सम्झना छ । शिक्षकले मलाई गाईको बारेमा निबन्ध लेख्न भनेका थिए ।

मैले निबन्ध लेखेँ । म त्यस समय न त बङ्गाली भाषाको व्याकरण जान्दथेँ, न त मलाई शब्दको ज्ञान नै थाहा थियो । शिक्षकले मेरो निबन्ध पढेपछि सबै विद्यार्थी र शिक्षक खित्का छाडेर हाँसे ।

यो घटनाभन्दा पहिले कहिल्यै पनि विद्यार्थीहरु मेरो पढाइलाई लिएर हाँसेका थिएनन् । यो घटनाले मलाई मर्नुजत्तिकै बनायो ।

आफ्नो कक्षामा जान्थेँ, विद्यार्थीहरु मलाई देखेर मुस्कुराउँथे । अँग्रेजीमा चाहिँ म सधैँ प्रथम हुन्थेँ । केटाहरुको व्यङ्ग्य भरिएको मुस्कानले मलाई सियोले झैँ घोच्यो ।

म यस अपमानबाट रन्थनिएर उठ्थेँ । मैले बङ्गाली भाषा पूर्णरुपमा सिकेर छाड्ने दृढ सङ्कल्प गरेँ । त्यसपछि मैले दिनरात एक गरेर बङ्गाली भाषाको व्याकरण सिकेँ र पूरा कण्ठस्थ गरेँ ।

मैले यो भाषा राम्रोसँग जानेर पनि यसलाई गोप्य नै राखेँ । वार्षिक परीक्षा भयो । मेरा सहपाठी म बङ्गाली भाषामा अवश्य फेल हुनेछु भनी विश्वस्त थिए । उनीहरुको आशामा निराशा छायो । अन्य विषय सँगसँगै बङ्गाली भाषामा पनि म प्रथम घोषित भएँ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु पुस्तकबाट

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : १५ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित