जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो « Khabarhub

जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो (सिन्ह्वा)- जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ ।

सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जीडीपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो ।

साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५.१ प्रतिशतले घटेको छ ।

जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ ।

गत वर्ष नोभेम्बरदेखि कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको शुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो । तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियो सहित ४७ वटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो ।

आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न ताथ रेस्टुराँ र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १.४ प्रतिशतले गिरावट आएको थियो ।

सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तिब्र रुपमा गिरावट आएको जिडिपीमा अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो । यस अवधिमा जापानको उपभोग र निर्यात दुबै बढेको थियो ।

केही विश्लेषकहरुका भनाइमा कोभिड–१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल–जुन अवधिमा पनि केही खुम्चिने छ । जापानमा कोभिड–१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ६ : ४० बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन