‘क्या कहना’ सेटमा सैफलाई सय टाँका « Khabarhub

‘क्या कहना’ सेटमा सैफलाई सय टाँका


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सैफ अली खान बलिउडका चिरपरिचित अनुहार हुन् । उनले सन् १९९३ मा फिल्म ‘परम्परा’बाट बलिउडमा पाइला चाले । त्यसपछि उनले कैयौं फिल्ममा अभिनय गरे ।

आजतकका अनुसार सैफ र अभिनेत्री प्रिती जिन्टाले ‘क्या कहना’, ‘दिल चाहता है’, ‘कल हो ना हो’, ‘सलाम नमस्ते’ लगायतका फिल्ममा अभिनय गरेका छन् । यी सबै फिल्म बक्सअफिसमा हिट साबित भइसकेका छन् ।

सन् २००० मा रिलिज ‘क्या कहना’को बारेमा एउटा घटना सायद कमैलाई थाहा होला । सैफ र प्रिती सन् २००४ मा ‘कफी विद करण’को पहिलो सिजनमा आएका थिए । उनीहरु फिल्म ‘क्या कहना’को सेटबाटै मिल्ने साथी भए ।

यो फिल्मको सुटिङ सेटमा एक दुर्घटना भएको थियो । सैफका अनुसार उनी हरेक दिन जुहू बीचमा मोटरसाइकल कुदाउने अभ्यास गर्थे । फिल्मको दृश्य अनुसार उनले एक र्याम्पमा मोटरसाइकल कुदाउनु पर्ने थियो ।

यो दृश्य खिच्नका लागि फिल्मको समूह खण्डाला गएको थियो । जहाँ घनघोर वर्षा भइरहेको थियो र माटो पनि निकै भिजेको थियो । त्यहाँ सैफले जुहूमा अभ्यास गरे जस्तो मैदान थिएन ।

‘म त्यो दिन प्रितीलाई इम्प्रेस गर्न खोजिरहेको थिएँ । प्रितीलाई इम्प्रेसका लागि गरेको पहिलो टेक राम्रो भयो । तर म यसलाई दोस्रोपटक पनि गर्न चाहन्थें । त्यही जोशका साथ बाइक कुदाउदा पहिले जस्तो भएन । म उछिट्टिएर ढुंगाको थुप्रोमा पुगें । मेरो टाउकोमा केही भिजे जस्तो भयो । हातले छुँदा रगत आइरहेको थियो । त्यसपछि हामी तुरुन्तै अस्पताल गयौं ।’ सैफले भनेका छन् ।

यो दुर्घटना हुँदा सैफसँग प्रिती नै अस्पतालमा थिइन् । किनकी सैफकी पत्नी अमृता सिंह अर्को राज्य गएकी थिइन् । सैफको अवस्था देखेर प्रिती निकै डराएका थिइन् ।

फिल्मका निर्देशकको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालले प्रितीलाई नै मेडिकल फर्ममा हस्ताक्षर गर्न लगायो । उनी निकै डराइन् । किनकी सैफको टाउकोमा सय टाँका लगाइएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क