सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।

सभापति देउवाले आज  शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई  मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुन् ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले  अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताए । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत  मल्लको सक्रिय योगदान थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १२ : ०१ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल