सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।

सभापति देउवाले आज  शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई  मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुन् ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले  अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताए । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत  मल्लको सक्रिय योगदान थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १२ : ०१ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको