काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुमा स्वास्थ सामाग्री उपलब्ध गराउने कामलाई निरन्तरता दिएको जनाएको छ ।
आज नेपाल चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।
अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्बरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गरे ।
उनले यो विषम परिस्थितिमा गरेको सहयोगप्रति आभार प्रकट गरे । यसैगरी अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षका स्वास्थकर्मीहरुका लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सो सामाग्री ग्रहण गरेको चेम्बरले जनाएको छ ।
यसैगरी चेम्बरले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोँगबुलाई पनि स्वास्थ सामग्री सहयोग गरेको जनाएको छ ।
उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाइ सो सामग्री ग्रहण गरेका थिए ।
विभिन्न अस्पतालहरुलाई पीपीई सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल हस्तान्तरण गरेको चेम्बरले जनाएको छ ।
प्रतिक्रिया