चेम्बर अफ कमर्सद्वारा अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चेम्बर अफ कमर्सद्वारा अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुमा स्वास्थ सामाग्री उपलब्ध गराउने कामलाई  निरन्तरता दिएको जनाएको छ ।

आज नेपाल चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्बरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गरे ।

उनले यो विषम परिस्थितिमा गरेको सहयोगप्रति आभार प्रकट गरे । यसैगरी अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षका स्वास्थकर्मीहरुका लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सो सामाग्री ग्रहण गरेको चेम्बरले जनाएको छ ।

यसैगरी चेम्बरले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोँगबुलाई पनि स्वास्थ सामग्री सहयोग गरेको जनाएको छ ।

उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाइ सो सामग्री ग्रहण गरेका थिए ।

विभिन्न अस्पतालहरुलाई पीपीई सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल हस्तान्तरण गरेको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ३१ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको