विवाह भोजमा सहभागी ४६ जनामा कोरोना पुष्टि « Khabarhub

विवाह भोजमा सहभागी ४६ जनामा कोरोना पुष्टि


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा विवाह भोजमा सहभागी भएका ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मिथिला नगरपालिका ११ दुधपानी लोटा टोलस्थित मान बहादुर मगरले छोरा सन्तोष मगरको विवाह भोजमा सहभागी ४६ जनामा संक्रमण देखिएको हो ।

गाउँमा सबै मासिनहरु बिरामी पर्न थालेपछि नगरपालिकाले जेठ २ गते स्वाव संकलन गरी परीक्षण गराएको थियो । मंगलबार आएको रिर्पाटमा गाउँका ४६ जना संक्रमित रहेको पुष्टी भएको छ ।

कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणका लागि पठाएकोमा ४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।.

विवाहका सहभागी भएका अधिकांशमासंक्रमण देखिएको नगर प्रमुख हरि नारायण महतोले जानकारी दिए । उनका अनुसार विवाह भोजमा सहभागी हुन बाहिरका थुप्रै अतिथि आएका जनाइएको छ ।

अतिथिबाट नै संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

नगरपाालिकामा स्रोतसाधन अभाव हुँदा संक्रमितहरु गाउँमै रहेको छन् । पालिकाले आइसोलेसन बनाउन नसकेको नगर प्रमुख महतोले बताए । तर,
एकै पटक ४६ जनामा कोरोना पुष्टि भएपछि गाउँका मानिसहरु त्रसिद भएका छन् ।

संक्रमितहरु मध्ये गम्भिर देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको नगरकी उपप्रमुख ताराकुमारी बस्नेतले जानकारी दिइन् ।

उनकाअनुसार सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् । संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ०१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको