ललितपुरमा भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै « Khabarhub

ललितपुरमा भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन शुरु गरिने भएको छ ।

महानगरले सूचना जारी गरी २९ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने जानकारी दिएको हो ।

‘प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने व्यवस्था गरेका छौं, खोप लगाउने जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जान अनुरोध गर्दछु’ महानगर प्रमुख चिरीबाबु महर्जनले भने ।

खोप कार्यक्रम जेठ १३ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

कस्को कहिले पालो ?

चैत २५ देखि २८ गतेसम्म पहिलो मात्रा खोप लगाएकाले जेठ ६ गते ।
चैत २९ देखि ३१ गतेसम्म पहिलो मात्रा लगाएकाले जेठ ७ गते ।
वैशाख १ देखि ४ सम्म पहिलो पहिलो डोज लगाएकाले जेठ ९ गते ।
वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते ।
वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ को मिति तय गरिएको छ ।
यसैगरी वैशाख १४ गते खोप लगाएकालाई जेठ १२ गते वैशाख १५ गते लगाएकाले जेठ १३ गते खोप लगाउन सक्ने छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आफूलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य सुरक्षा अपनाएर खोप लिन नगरवासीलाई अनुरोध गरेका छन् । खोप लगाउन जाँदा पहिलोपटक खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ०१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क