बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपालीलाई पनि कोरोना खोप लगाइने « Khabarhub

बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपालीलाई पनि कोरोना खोप लगाइने


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपाली श्रमिकहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा विभिन्न कारणबस अबैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

त्यहाँ कार्यरत नेपालीहरुको स्वाथ्यलाई मध्यनजर विभिन्न तीन स्थानबाट चाँडै खोप उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यसका लागि  अनलाइन दर्ता गर्न अनुरोध गरिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन पटक पटक आग्रह गर्दै आएका छन् ।

खोप लगाएपछि पनि मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पनि दूतावास आग्रह गरेको छ । बहराइन सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई खोप उपलब्ध गराईरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ४५ बजे

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार