मेयर राईको पहलमा कोभिड अस्पताल बाहिर कुरुवा घर निर्माण « Khabarhub

मेयर राईको पहलमा कोभिड अस्पताल बाहिर कुरुवा घर निर्माण


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड-१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ ।

धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् ।

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिँदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिए ।

‘मेयर साबसँग कुरा भईरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर ? दाताहरुको नाम शिलालेखमा लेख्ने काम भईरहेको छ, अब चाडै अस्पताललाई हस्तान्तरण गर्छौ, अहिले कोभिडको कारण औपचारिक कार्यक्रम गर्न मिल्दैन, अब मेयर साबको निर्देशन अनुसार सानो अनौपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्छौ,’ अध्यक्ष अग्रवालले भने ।

कुरुवा घर, शौचालय र बाथरुम १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना