मौसमविद भन्छन्– तत्काल मनसुन कमजोर हुने अवस्था छैन | Khabarhub Khabarhub

मौसमविद भन्छन्– तत्काल मनसुन कमजोर हुने अवस्था छैन


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन ।

‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।’ केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।

मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ ।

त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ४८ बजे

अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

बैङ्कक– रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार

संविधान मान्दैनौ, राजाबाहेक जान्दैनौ भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राजावादी समूहले २०७२ को संविधान मान्दैनौ, राजाबाहेक जान्दैनौ भन्ने

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी,

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)