निर्माणाधीन पुल बाढीको उच्च जोखिममा | Khabarhub Khabarhub

निर्माणाधीन पुल बाढीको उच्च जोखिममा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ ।

एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो ।

साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ लाख ८२ हजार ५७९ कूल लागत अनुमान रकममध्ये पाँच करोड पाँच लाख १६ हजार ९०० मा काष्ठमाडौँ मसिना जेबीले सम्झौता गरेको थियो ।

अविरल वर्षाका कारण नदीमा पानीको वाहक बढ्दै गएकाले पुल निर्माणको काम रोकिएको काष्ठमाडौँ जेबी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताए । “अहिले झण्डै ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत काम गर्नमात्र बाँकी रहेको छ, पानी रोकिएपछि तथा बाढीपहिराबाट जोगिएपछि २०७८ साल असोजमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने ।

पुलको एक भाग ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पिल्लर भाँचिने सम्भावना देखिएको छ । सङ्घीय सरकारबाट विनियोजित रकममा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातार पर्दै गएको वर्षाका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनीयर दमनकुमार विष्टले बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ५५ बजे

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक