निर्माणाधीन पुल बाढीको उच्च जोखिममा « Khabarhub

निर्माणाधीन पुल बाढीको उच्च जोखिममा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ ।

एक स्पामसम्मको भाग सम्पन्न भइसकेको पुललाई थामेका टेका, स्याल्याब नदीको बहावले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिनाअघिमात्र काम शुरु गरिएको थियो ।

साँफे–मार्तडी सडक खण्डमा पर्ने सो मोटरेपुल २०७३ साल असार ३० गतेदेखि २०७५ असार ३० गते पुल निर्माणका लागि रु नौ करोड ८३ लाख ८२ हजार ५७९ कूल लागत अनुमान रकममध्ये पाँच करोड पाँच लाख १६ हजार ९०० मा काष्ठमाडौँ मसिना जेबीले सम्झौता गरेको थियो ।

अविरल वर्षाका कारण नदीमा पानीको वाहक बढ्दै गएकाले पुल निर्माणको काम रोकिएको काष्ठमाडौँ जेबी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताए । “अहिले झण्डै ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत काम गर्नमात्र बाँकी रहेको छ, पानी रोकिएपछि तथा बाढीपहिराबाट जोगिएपछि २०७८ साल असोजमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने ।

पुलको एक भाग ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पिल्लर भाँचिने सम्भावना देखिएको छ । सङ्घीय सरकारबाट विनियोजित रकममा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातार पर्दै गएको वर्षाका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनीयर दमनकुमार विष्टले बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ५५ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी