बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप « Khabarhub

बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् ।

गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन् ।

यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् ।

खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ । खोपको दोस्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोस्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उनले भने, “पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोस्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।”

जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ०२ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी