भाडाको घरमा बस्ने यी करोडपति कलाकार « Khabarhub

भाडाको घरमा बस्ने यी करोडपति कलाकार


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बईलाई सपनाको सहर भन्ने गरिन्छ । जोकोही व्यक्ति यो सहरमा पाइला राखेपछि करियर बनाउनका लागि दिलो ज्यान मेहनत गर्छ ।

अहिले मुम्बईको रियल स्टेट विशेषत कलाकारका लागि बस्ने आकर्षक गन्तव्य बनिरहेको छ । एक फिल्मबाट करोडौ पारिश्रमिक लिने केही कलाकारहरु भने अपार्टमेन्टमा भाडामा बस्दै आएका छन् ।

बलिउडको ‘ग्रीक गड’का रुपमा परिचित अभिनेता ऋतिक रोशनले कैयौं रियल स्टेटस रोजेक्टमा लगानी गरेका छन् । आफू लगानीकर्ता भए पनि उनी स्वयं जुहूमा एक भाडाको अपार्टमेन्टमा बस्छन् । जुन अपार्टमेन्ट अक्षय कुमारको घर नजिकै पर्छ ।

ऋतिक एक वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका छन् । उनी हरेक महिना ८ करोड २५ लाख रुपैंयाँ भाडा तिर्छन् ।

श्रीलंकन सुन्दी र पूर्व मिस युनिभर्स श्रीलंका ज्याकलिन फर्नान्डिज सी–फेसको पाँच बेडरुम अपार्टमेन्टमा बस्छिन् । यो अपार्टमेन्टलाई अभिनेत्री प्रियंका चोपडा जोनासले भाडामा लिएकी छन् । ज्याकलिन हरेक महिना ६ करोड ७८ लाख रुपैंयाँ भाडा तिर्छिन् ।

कटरीना कैफ बलिउडमा पाइला चालेदेखि नै उनीसँग कुनै घर छैन । कार्टर रोडमा रहेको सिल्भर सेण्ड्स अपार्टमेन्टदेखि लिएर बान्द्रामा रहेको पेन्टहाउससम्म कटरीना भाडामा नै बसिन् । उनी प्रत्येक महिना १५ लाख रुपैंयाँ भाडा तिर्छिन् ।

नवाजुद्दीन सिद्दीकीले वर्सोवामा एक तीन कोठाको सी–फेस अपार्टमेन्ट किनेका छन् । उनी अहिले पनि अँधेरीमा भाडाको घरमा बस्छन् । उनले आफ्नो अन्तिम लक्ष्य मुम्बईमा घर नकिनी इमान्दारिताका साथ काम गर्ने रहेको बताएका छन् । उनी चाँडै वर्सोवामा सिफ्ट हुँदैछन् ।

अभिनेत्री सनी लियोनीले बलिउडमा पाइला चाल्नु अघि उनलाई घर किन्न किनै समस्या परेको थियो । यसपछि पूर्व अभिनेत्री सेलिना जेटली उनको पक्षमा उभिइन् र अँधेरीमा आफ्नो तीन कोठावाला घर भाडामा दिइन् । यद्यपि सनीले हालैमात्र अटलान्टिस प्रोजेक्टमा १५ करोडमा नयाँ घर किनेकी छन् । जहाँ उनको छिमेकी अमिताभ बच्चन हुनेछन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ५५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा