भाडाको घरमा बस्ने यी करोडपति कलाकार « Khabarhub

भाडाको घरमा बस्ने यी करोडपति कलाकार


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बईलाई सपनाको सहर भन्ने गरिन्छ । जोकोही व्यक्ति यो सहरमा पाइला राखेपछि करियर बनाउनका लागि दिलो ज्यान मेहनत गर्छ ।

अहिले मुम्बईको रियल स्टेट विशेषत कलाकारका लागि बस्ने आकर्षक गन्तव्य बनिरहेको छ । एक फिल्मबाट करोडौ पारिश्रमिक लिने केही कलाकारहरु भने अपार्टमेन्टमा भाडामा बस्दै आएका छन् ।

बलिउडको ‘ग्रीक गड’का रुपमा परिचित अभिनेता ऋतिक रोशनले कैयौं रियल स्टेटस रोजेक्टमा लगानी गरेका छन् । आफू लगानीकर्ता भए पनि उनी स्वयं जुहूमा एक भाडाको अपार्टमेन्टमा बस्छन् । जुन अपार्टमेन्ट अक्षय कुमारको घर नजिकै पर्छ ।

ऋतिक एक वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका छन् । उनी हरेक महिना ८ करोड २५ लाख रुपैंयाँ भाडा तिर्छन् ।

श्रीलंकन सुन्दी र पूर्व मिस युनिभर्स श्रीलंका ज्याकलिन फर्नान्डिज सी–फेसको पाँच बेडरुम अपार्टमेन्टमा बस्छिन् । यो अपार्टमेन्टलाई अभिनेत्री प्रियंका चोपडा जोनासले भाडामा लिएकी छन् । ज्याकलिन हरेक महिना ६ करोड ७८ लाख रुपैंयाँ भाडा तिर्छिन् ।

कटरीना कैफ बलिउडमा पाइला चालेदेखि नै उनीसँग कुनै घर छैन । कार्टर रोडमा रहेको सिल्भर सेण्ड्स अपार्टमेन्टदेखि लिएर बान्द्रामा रहेको पेन्टहाउससम्म कटरीना भाडामा नै बसिन् । उनी प्रत्येक महिना १५ लाख रुपैंयाँ भाडा तिर्छिन् ।

नवाजुद्दीन सिद्दीकीले वर्सोवामा एक तीन कोठाको सी–फेस अपार्टमेन्ट किनेका छन् । उनी अहिले पनि अँधेरीमा भाडाको घरमा बस्छन् । उनले आफ्नो अन्तिम लक्ष्य मुम्बईमा घर नकिनी इमान्दारिताका साथ काम गर्ने रहेको बताएका छन् । उनी चाँडै वर्सोवामा सिफ्ट हुँदैछन् ।

अभिनेत्री सनी लियोनीले बलिउडमा पाइला चाल्नु अघि उनलाई घर किन्न किनै समस्या परेको थियो । यसपछि पूर्व अभिनेत्री सेलिना जेटली उनको पक्षमा उभिइन् र अँधेरीमा आफ्नो तीन कोठावाला घर भाडामा दिइन् । यद्यपि सनीले हालैमात्र अटलान्टिस प्रोजेक्टमा १५ करोडमा नयाँ घर किनेकी छन् । जहाँ उनको छिमेकी अमिताभ बच्चन हुनेछन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ५५ बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा