महाकाली नदीको बहाव घट्दो क्रममा « Khabarhub

महाकाली नदीको बहाव घट्दो क्रममा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ । शुक्रबार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिबार बिहानदेखि घट्दै गएको हो ।

सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४.२ मा झरेको छ । गएराति १० बजे सो स्थानमा पानीको बहाव ४.५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदीछेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनको भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए ।

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको छ ।

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

खोतीला पहिरो कटान हुँदै

महाकाली नदीले धारचुलाको खोतीला पहिरो पनि कटान गर्दै लगेको छ । ०७३ साल असोजमा आएको सुख्खा पहिरो कटान थालेको छ । बंगागबडको पारिपट्टी रहेको खोतीला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको प्रहरी निरीक्षक चन्दले बताए ।

यसअघि नेपालले निरन्तर खोतिला पहिरो हटाउन भारतलाई आग्रह गर्दै आएको थियो । पटक पटक भारतले स्थलगत निरीक्षण समेत गरेको थियो । तर भारतले उक्त पहिरो हटाउँदा भारततर्फ बढि क्षति हुने भन्दै हटाउन मानेको थिएन । नेपालले भने पहिरोका कारण खलङ्गाको तटबन्ध र बजार क्षेत्र जोखिममा परेको भन्दै निरन्तर हटाउन आग्रह गर्दै आएको थियो ।

नौगाडमा दुई घर भत्किए

पहिरोका कारण नौगाड गाउँपालिकामा दुई घर भत्किएका छन् । नौगाड गाउँपालिका—१ इयरकोटका सौडानका विरनसिह महता र प्रेम महताको घर भत्किएको हो ।

घरमाथिबाट आएको पहिरोले पूरै घर क्षति भएको स्थानीयवासी आनसिंह बडालले बताए । पहिरोका कारण दुबै परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : १५ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा