फरहान यसरी बने मिल्खा सिंह « Khabarhub

फरहान यसरी बने मिल्खा सिंह


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– कोरोना संक्रमणबाट मुक्त भएपनि पुनः अस्वस्थ भएपछि भारतीय एथलेट मिल्खा सिंहले शुक्रबार मध्यरातको ११ बजेर २४ मिनेटमा अन्तिम श्वास फेरे । उनको निधनसँगै बलिउडमा पनि शोकको लहर छाएको छ ।

मिल्खा सिंहको जिन्दगीमा आधारित रहेर सन् २०१३ मा राकेश ओम प्रकाश मेहराले फिल्म ‘भाग मिल्खा भाग’ बनाएका थिए । फिल्ममा अभिनेता फरहान अख्तरले मिल्खा सिंहको भूमिका निभाएका थिए । यो भूमिकाबाट उनले निकै तारिफ पाए ।

मिल्खाको भूमिकाका लागि फरहानले शरीरलाई निकै रुपान्तरण गर्नुपरेको थियो । उनले एथलीट जस्तो शरीर बनाउनका लागि कडा मेहनत गरे ।

फरहानले फिल्म साइन गरेपछि उनले १३ महिनासम्म हरेक दिन पाँचदेखि ६ घण्टासम्म इन्टेन्स तालिम लिए । ‘जब फरहानले फिल्म साइन गरे । उनको फिटनेस लेभल, जुन तपाईंले फिल्ममा देख्नुभएको छ, त्यसको ७० प्रतिशत थियो । उनको तौल ६६ किलो थियो । फिल्ममा जस्तो फरहानको टोण्ड शरीर देखाउन उनको तौल ७५ किलो बनाउनुपर्ने थियो । यसपछि उनलाई फिल्ममा आर्मी भर्ना भएको देखाइन्छ । आर्मी भर्ना हुनका लागि हामीले १५ किलोसम्म तौल घटायौं । उनको तौल घटाउन हामीलाई तीन महिना लाग्यो । यो समयमा उनको शरीर संरचना परिवर्तन भएन । हामीले उनको मांशपेसीलाई टोन डाउन गर्यौ’, फरहानको फिटनेस प्रशिक्षक समीर जाउराले भनेका छन् ।

समीरका अनुसार फरहानको वर्कआउट हरेक १५ दिनमा परिवर्तन गर्नुपथ्र्यो । ‘पहिलो उनलाई स्ट्रेथ तालिम दिएँ । त्यसपछि मांशपेसी मजबुत गर्ने तालिम दिएँ । यसरी मिल्खाको भूमिकाका लागि फरहान १३ महिनामा तयार भए’, समीरले भनेका छन् ।

फरहानले रुपान्तरणको दौरान कडा डाइट फलो गरेका थिए । उनले चामल, रोटी, ब्रेड र मदिरालाई १३ महिनासम्म छोएनन् । उनलाई कम सोडियम खाना दिइयो र खानामा सोडियमको मात्रालाई निरन्तर अनुगमन गरियो ।

उनको खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको मात्रालाई सन्तुलनमा राखियो । फरहान तीन घण्टाको अन्तरमा दिनभर ६ देखि ७ पटकसम्म खाना खान्थे ।

सन् २०१४ को अप्रिलमा भएको ६१ औं राष्ट्रिय फिल्म पुरस्कारमा फिल्म ‘भाग मिल्खा भाग’ले सर्वश्रेष्ठ मनोरञ्जक फिल्मको पुरस्कार पाएको थियो । फिल्मले सर्वश्रेष्ठ कोरियोग्राफीको अवार्ड पनि जितेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको