विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण « Khabarhub

विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैंकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा उनले प्राप्त सहयोगका निम्ति बैंकप्रति कृतज्ञता व्यक्त गर्दै ती उपकरण यथाशक्य चाँडो सातवटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानहरुमा पुर्‍याइने बताए । निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको बताए ।

बैंकको कोभिड–१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो ।

उक्त कार्यालयले आगामी छ देखि १५ साता भित्रमा सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : २० बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको