‘बजरंगी भाईजान २’को तयारी « Khabarhub

‘बजरंगी भाईजान २’को तयारी


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ ।

सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको सिक्वेल अर्थात ‘बजरंगी भाईजान २’को माग गरिरहेका छन् ।

फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले आफूले केही समय अघि ‘बजरंगी भाईजान २’को कथा सलमानलाई बताएको खुलाएका छन् । ‘कथा सुनेपछि सलमान उत्साहित भएका छन् । तर म यसलाई अगाडि बढाउनका लागि एउटा उपयुक्त साधनको खोजीमा छु’, उनले भनेका छन् ।

उनले सलमानसँग आफूले आकस्मिक भेटेको र आफूलाई फिल्मको सिक्वेलको बारेमा बताउदा सलमानले ‘एक राम्रो विचार’ भनेको स्मरण गरे ।

सलमान हाल अभिनेत्री कटरीना कैफका साथ फिल्म ‘टाइगर–३’को सुटिङ गरिरहेका छन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका छन् । फिल्ममा इमरान हासमी प्रमुख भिलेनका रुपमा छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : २७ बजे

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री