‘कान्स’मा ‘टिटाने’ उत्कृष्ट « Khabarhub

‘कान्स’मा ‘टिटाने’ उत्कृष्ट


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कान्स(बीबीसी)– फ्रान्सको कान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२१’ मा यौन र हिंसाले भरिपूर्ण फिल्म ‘टिटाने’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक जुलिया डुकोर्नोले ‘पाल्मे डी ओर’ अवार्ड जितेकी छन् ।

संयुक्त रुपमा यो अवार्ड जित्ने जुलिया दोस्रो महिला हुन् भने एकल रुपमा जित्ने पहिलो महिला हुन् । यो फिल्म जुलियाको दोस्रो फिल्म हो ।

अमेरिकी निर्देशक स्पाइक लीले अवार्डको घोषणा गरेका थिए । आफ्नो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाएको सुनेपछि निर्देशक जुली केहीबारे भावुक बनेकी थिइन् । फिल्मले समीक्षकबाट आलोचनात्मक टिप्पणी पाइरहँदा फेस्टिभलमा यो फिल्मलाई आश्चर्यजनक किसिमको फिल्म भनिएको थियो ।

कोरोना महामारीका कारण गत वर्ष यो फेस्टिभल हुन सकेको थिएन । सन् २०१९ को ‘पाल्मे डी ओर’ अवार्ड फिल्म ‘पारासाइट’का लागि बोङ जुन होले पाएका थिए । यो फिल्मले सन् २०२० को ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

यसपटकको फेस्टिभलमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइएको थियो । फिल्मको प्रदर्शन भइरहँदा उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाएका थिए भने सहभागीको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय