‘कान्स’मा ‘टिटाने’ उत्कृष्ट « Khabarhub

‘कान्स’मा ‘टिटाने’ उत्कृष्ट


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कान्स(बीबीसी)– फ्रान्सको कान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२१’ मा यौन र हिंसाले भरिपूर्ण फिल्म ‘टिटाने’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक जुलिया डुकोर्नोले ‘पाल्मे डी ओर’ अवार्ड जितेकी छन् ।

संयुक्त रुपमा यो अवार्ड जित्ने जुलिया दोस्रो महिला हुन् भने एकल रुपमा जित्ने पहिलो महिला हुन् । यो फिल्म जुलियाको दोस्रो फिल्म हो ।

अमेरिकी निर्देशक स्पाइक लीले अवार्डको घोषणा गरेका थिए । आफ्नो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाएको सुनेपछि निर्देशक जुली केहीबारे भावुक बनेकी थिइन् । फिल्मले समीक्षकबाट आलोचनात्मक टिप्पणी पाइरहँदा फेस्टिभलमा यो फिल्मलाई आश्चर्यजनक किसिमको फिल्म भनिएको थियो ।

कोरोना महामारीका कारण गत वर्ष यो फेस्टिभल हुन सकेको थिएन । सन् २०१९ को ‘पाल्मे डी ओर’ अवार्ड फिल्म ‘पारासाइट’का लागि बोङ जुन होले पाएका थिए । यो फिल्मले सन् २०२० को ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

यसपटकको फेस्टिभलमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइएको थियो । फिल्मको प्रदर्शन भइरहँदा उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाएका थिए भने सहभागीको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री