कुवेतमा नेपाली महिलाको शव अलपत्र « Khabarhub

कुवेतमा नेपाली महिलाको शव अलपत्र


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बैदेशिक रोजगारीमा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव अलपत्र परेको छ ।

आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ ।

शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए । ।

चौधरीको दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा विगत ४ बर्ष पहिले कुवेत पुगेकी थिइन् ।

नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेका कारण वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बङ्लादेश, दुबई, श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : १० बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४