कुवेतमा नेपाली महिलाको शव अलपत्र « Khabarhub

कुवेतमा नेपाली महिलाको शव अलपत्र


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बैदेशिक रोजगारीमा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव अलपत्र परेको छ ।

आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ ।

शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए । ।

चौधरीको दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा विगत ४ बर्ष पहिले कुवेत पुगेकी थिइन् ।

नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेका कारण वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बङ्लादेश, दुबई, श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना