माधव नेपाल बदलाको भावना बोकेर बाहिरिँदैमा एमाले समाप्त हुँदैन : पोखरेल « Khabarhub

माधव नेपाल बदलाको भावना बोकेर बाहिरिँदैमा एमाले समाप्त हुँदैन : पोखरेल


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  एमाले महासचिव ईश्वर पोखरेलले कुण्ठा र बदलाको भावना लिएर माधव नेपालसहितका केही मानिस बाहिरिँदैमा एमाले समाप्त नहुने बताएका छन् ।

माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम गरेको टिप्पीणसमेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन,– ‘हाम्रो गौरवशाली पार्टी (नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ  ।’

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमाले एकतावद्ध बनाउन भएका प्रयास निर्थक भएको पनि उनले बताएका छन् ।

धैर्यता नगुमाउन कार्यकर्तालाई अपील गर्दै पोखरेलले भनेका छन्, ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।

माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना प”रा गर्ने पार्टी विभाजन गरेको पोखरेलले गम्भीर आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ५५ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको