माधव नेपाल बदलाको भावना बोकेर बाहिरिँदैमा एमाले समाप्त हुँदैन : पोखरेल | Khabarhub Khabarhub

माधव नेपाल बदलाको भावना बोकेर बाहिरिँदैमा एमाले समाप्त हुँदैन : पोखरेल


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  एमाले महासचिव ईश्वर पोखरेलले कुण्ठा र बदलाको भावना लिएर माधव नेपालसहितका केही मानिस बाहिरिँदैमा एमाले समाप्त नहुने बताएका छन् ।

माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम गरेको टिप्पीणसमेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन,– ‘हाम्रो गौरवशाली पार्टी (नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ  ।’

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमाले एकतावद्ध बनाउन भएका प्रयास निर्थक भएको पनि उनले बताएका छन् ।

धैर्यता नगुमाउन कार्यकर्तालाई अपील गर्दै पोखरेलले भनेका छन्, ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।

माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना प”रा गर्ने पार्टी विभाजन गरेको पोखरेलले गम्भीर आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ५५ बजे

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे