हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली « Khabarhub

हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए ।

भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने बताए । उनले भने, ‘भक्तपुर सानो जिल्ला छ । यसको विकासमा पनि हामीले थोरै मेहनतले धेरै उपलब्धी हासिल गर्न सक्छौँ । भक्तपुरलाई सबै हिसाबले समृद्ध बनाउन हामी एकजुट हुन आवश्यक छ ।’

उनले नेपालमा कलाको जीवित संग्रहालय रहेको भन्दै कलाको संरक्षणले पनि ठूलो उपलब्धी हासिल गर्ने बताए । उनले भक्तपुर कला र संस्कृतिका लागि बनाइएको शहर नभइ आफैँ निर्मित जीवित शहर भएको बताए । यी कला र संस्कृतिलाई विज्ञान र प्रविधिसँग जोडेर जिल्लाको विकास गर्न सकिने बताए ।

आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब किवासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : ०७ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको