हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली « Khabarhub

हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए ।

भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने बताए । उनले भने, ‘भक्तपुर सानो जिल्ला छ । यसको विकासमा पनि हामीले थोरै मेहनतले धेरै उपलब्धी हासिल गर्न सक्छौँ । भक्तपुरलाई सबै हिसाबले समृद्ध बनाउन हामी एकजुट हुन आवश्यक छ ।’

उनले नेपालमा कलाको जीवित संग्रहालय रहेको भन्दै कलाको संरक्षणले पनि ठूलो उपलब्धी हासिल गर्ने बताए । उनले भक्तपुर कला र संस्कृतिका लागि बनाइएको शहर नभइ आफैँ निर्मित जीवित शहर भएको बताए । यी कला र संस्कृतिलाई विज्ञान र प्रविधिसँग जोडेर जिल्लाको विकास गर्न सकिने बताए ।

आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब किवासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : ०७ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण