नेपालीको पहिचानका लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ : रूक्माङ्गद कटवाल « Khabarhub

नेपालीको पहिचानका लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ : रूक्माङ्गद कटवाल


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले  नेपाल र नेपालीको पहिचान तथा स्वाभिमानको लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुभारम्भ भएको बताएका छन् ।

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ भएको उनले बताएका हुन् ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक कटवालले भने, ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो ।’

कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिस्रिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए ।

जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे ।

शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्य पद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ४ : ३३ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४