नक्कली नागरिकता र कागजात देखाएर करोडौं ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ « Khabarhub

नक्कली नागरिकता र कागजात देखाएर करोडौं ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली नागरिकता तथा कागजात बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला घर भएका ३९ वर्षीय रविकुमार सिंह रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो ।

सुर्खेतको साविक लाटीकोइली गाविस–७ जन्मस्थान र कैलाली टीकापुर नगरपालिका–९ स्थायी ठेगाना उल्लेख भएको नक्कली नागरिकताको प्रतिलिपि देखाएर विभिन्न व्यक्तिबाट रकम र सवारी साधन ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सिंहले बुटवल उपमहानगरपालिका–८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई बुटवल–नारायणघाट सडकखण्डको रुख कटानको आफूसँग सब–कन्ट्रयाक्ट भएको र त्यसमा लगानी गरे फाइदा हुने भन्दै ४३ लाख ७३ हजार रुपैयाँ लिएर खातामा पैसा नभएको चेक दिएर सम्पर्कविहीन भएका थिए ।

यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का कृष्णबहादुर गुरुङसँग बा १२ च ३८५९ नम्बरको कार लिई सम्पर्कविहीन भएको र सोही कार नक्कली ब्लुबुक देखाएर ८ लाख ३५ हजार रुपैयाँमा भक्तपुर बस्ने प्रदीप रायसँग धितो राखी ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

उनले चुरियामाई इन्टरप्राइजेज जडिबुटी, काठमाडौंका सञ्चालक कृष्णहरि गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको मोटरसाइकल ३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनी ३० हजार दिएर बाँकी पैसा पछि दिन्छु भन्दै सम्पर्कविहीन भएको पनि उजुरी परेको महाशाखाले जनाएको छ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिकाको न्यू साह एण्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई रोयल हाइड्रो कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै कम्पनीको प्रदेश ३–०१–०२३ च ००५० नम्बरको ब्रेजा कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भन्दै लगेर सम्पर्कविहीन भएका थिए ।

उनले रोयल हाइड्रोकै नक्कली लेटरप्याड, कम्पनीको छाप र नक्कली दस्तखत प्रयोग गरेर आफूलाई संस्थापक अध्यक्ष हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई करीब एक करोड रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले जाहेरी दिएको महाशाखाले जनाएको छ।

उनीबाट कोही ठगीमा परेको भए महाशाखामा सम्पर्क गर्न पनि प्रहरी अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : ४५ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा