सावित्री कंचनजंगा अगरबत्तीले गर्‍यो रक्तदान « Khabarhub

सावित्री कंचनजंगा अगरबत्तीले गर्‍यो रक्तदान


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको हो।

कोभिड–१९ को सङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना गरेको हो। निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो।

उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको छ। सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ३९ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो