टिभिएस् ग्राण्ड दशैँ एक्सचेन्ज मेला जारी « Khabarhub

टिभिएस् ग्राण्ड दशैँ एक्सचेन्ज मेला जारी


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सञ्चालन गरेको टीभीएस ग्राण्ड दशैँ एक्चेन्ज मेला जारी छ ।

भृकुटीमण्डपमा सञ्चालित मेला असोज ६ गतेसम्म हुनेछ। यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउने छन् ।

त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसके पछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ। यसैगरी शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहकका लागि २ हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ।

यस दशैँ ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए र उनले उद्घाटन गर्ने क्रममा भने, ‘टि.भि.एसलेसधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ। नेपाली हरुको महान् चाड बडादशैँको मुखमा आउन आँटेको यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ बडादशैँमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं।’ जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ५९ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार