एकमहिने आदिनाथ मेलाको तयारी पूरा « Khabarhub

एकमहिने आदिनाथ मेलाको तयारी पूरा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदिनाथको मन्दिरमा एकमहिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर भीड व्यवस्थापन गरिने छ । मन्दिर आसपासमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको पुजारी सरोज शाक्यले जानकारी दिए । काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रका भक्तजन मेला भर्नका लागि यहाँ आउने गर्दछन् । रत्नपार्कदेखि करिब नौ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त मन्दिरमा मेला भरेमा पारिवारिक सुख, समृद्धि कायम हुने जनविश्वास छ ।

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । प्रत्येक वर्ष चैतेदशैँका दिन मूर्तिलाई स्नान गराई खटजात्रा गरिने चलन छ । त्यस अवधिमा पनि भक्तजनको मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : २९ बजे

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच