दशैँको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार « Khabarhub

दशैँको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको १० दिनमा नौ अर्बभन्दा बढी कारोबार भएको उल्लेख गरेको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दशैँको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो ।

दशैँको समयमा नगद कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगद कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि यसबेला बैंक, वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबार निकै बढ्दै गएको देखिन्छ ।

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिङ्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधैँ गर्न सकिने एनसीएचलले जानकारी दिएको छ ।

मोबाइल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना नै गर्न सकिने व्यवस्था रहेको छ । हाल चाडपर्वको समय भएकाले कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार निःशुल्क गरिएको छ । यो २० असोजदेखि २५ कात्तिकसम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : १६ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको