सबैभन्दा लामो चन्द्र ग्रहण आज, के गर्ने, के नगर्ने ? « Khabarhub

सबैभन्दा लामो चन्द्र ग्रहण आज, के गर्ने, के नगर्ने ?


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।

यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।

एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

के गर्ने के नगर्ने ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठपारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता छ ।

चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ । यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्पको योनि हुने र कसैलाई मारेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ । तर यसमा वैज्ञानिक सत्यता भने छैन ।

विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसै गरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन। मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ०० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष