१८ वर्षपछि पक्राउ परेका ६५ वर्षीय पराजुली कारागार चलान « Khabarhub

१८ वर्षपछि पक्राउ परेका ६५ वर्षीय पराजुली कारागार चलान


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुलीलाई पक्रेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो ।

सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको