चन्द्रग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति « Khabarhub

चन्द्रग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपाली समयानुसार दिउँसो १ : ०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ : ३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ३४ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,