२८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

२८७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २३१ कोरोना संक्रमितको आईसीयूमा र ५६ को भेन्टिलेटरमा गरी कुल २८७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २७ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११७ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ३ जना आईसीयूमा र सुदुरपश्चिम प्रदेशमा १ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ३० बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना