महाधिवेशनको माहोलले तातिँदै चितवन, नेताहरूको आउजाउ बाक्लियो | Khabarhub Khabarhub

महाधिवेशनको माहोलले तातिँदै चितवन, नेताहरूको आउजाउ बाक्लियो


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– देशमा जाडो यामसँगै दलहरूको अधिवेशनको सिजन पनि सुरु भएको छ । मौसम चिसिँदै जाँदा अधिवेशनको माहोलले भने चितवन तातिँदै छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०’१२ मंसिरसम्म चितवनमा हुँदै छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय सभापतिदेखि जिल्ला सभापतिका लागि अधिवेशन हुँदै छ ।

नेपाली कांग्रेस चितवनको सभापतिका लागि १० मंसिरमा निर्वाचन हुँदै छ । नेकपा (माओवादी केन्द्र) ले पनि ४ मंसिरमा चितवनलगायत देशैभर वडा सम्मेलन गर्दै छ । केही दिनअघि नेकपा मालेले पनि आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन चितवनमै गरेको थियो । महाधिवेशनबाट मालेको महासचिवमा पुनः सीपी मैनाली चयन भए ।

१० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा हुने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ । त्यस दिन नारायणगढ र भरतपुर क्षेत्र अस्तव्यस्त बन्ने निश्चित छ । महाधिवेशनको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुनेछ ।

महाधिवेशनका लागि तयारी तीव्र बनाइएको छ । महाधिवेशन हुन छ दिन मात्र बाँकी रहँदा पनि नेताहरूले कसले कुन पदका लागि उमेदवारी दिने भनेर मुख खोलेका छैनन् । बन्द सत्रमा दुई हजार महाधिवेशन प्रतिनिधि र स्वयंसेवक गरी तीन हजार ५०० भन्दा बढी सहभागी हुनेछन् । एमालेले सोहीअनुसार सौराहाका तीन हजार ५०० बेड बुक गरी खानाको व्यवस्थासमेत गरिसकेको छ ।

महाधिवेशनलाई लक्षित गरेर जिल्लाका पालिका र वडा तहमा कार्यकर्ता भेलाका कार्यक्रमहरू आयोजना भइरहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘चितवनले महाधिवेशन गर्न पाउनु हाम्रा लागि अवसर हो । त्यहीअनुसार मञ्च निर्माणलगायतका कामहरू युद्धस्तरमा गरेका छौँ’, उनले भनिन् ।

महाधिवेशनमा सहभागी हुनका लागि एमालेले जनताको घरघरमा पुगेर निमन्त्रणा कार्ड बाँडिरहेको छ । महाधिवेशनको उद्घाटन सत्र र बन्द सत्र हुने स्थानको अवलोकनका लागि शनिबार एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्मालगायत नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय टोली चितवन आउँदै छ ।

नेपाली कांग्रेस चितवनका नेता, कार्यकर्ताहरू पनि आफ्ना उमेदवारहरूलाई जिताउन भोट माग्नमा व्यस्त छन् । अधिवेशनका कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आउने(जाने क्रम चलिरहेको छ । केही दिनअघि मात्र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आएका थिए । १० मंसिरमा हुने जिल्ला अधिवेशनमा सभापतिका लागि आठ जना आकांक्षी देखिएका छन् ।

चितवन कांग्रेसको वर्तमान कार्यसमितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, चितवन क्षेत्र नं।( १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका राजेन्द्र बुर्लाकोटी जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी राजेश्वर खनाल, प्रा।डा। सूर्यकान्त घिमिरे, जगन्नाथ पौडेल र विजय भुसाल पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

अधिवेशन नजिकिँदै गएपछि जिल्लामा नेताहरूको आउजाउ बाक्लिएको छ । एमालेका शीर्ष नेताहरू दैनिकजसो जिल्लामा आउने र महाधिवेशनको तयारीबारे अवलोकन गर्ने गरेका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् १०औँ राष्ट्रिय महाधिवेशन व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डे यतै छन् । एमालेको महाधिवेशन चितवनमा हुने भएपछि देशकै ध्यान अहिले चितवनमा छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत गृहजिल्ला भएको चितवनमा एमालेले महाधिवेशन गर्दै छ । महाधिवेशनको व्यवस्थापकीय कामको मुख्य जिम्मेवारी गृहजिल्ला चितवन नै भएका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । माओवादी धारका बादल नेकपा विभाजन भएपछि माओवादी केन्द्र त्यागेर एमालेमै बसेका हुन् ।

एमालेको महाधिवेशनको संघारमा शुक्रबार नेकपा ९एकिकृत समाजवादी०का अध्यक्ष माधव नेपाल चितवन आएका थिए । एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले शुक्रबार जिल्ला पार्टी कार्यालयको उद्घाटन गरे । पार्टी कार्यालय उद्घाटनलगत्तै स्मार्ट पार्टी प्यालेसमा पुगेर उनले नेता, कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिए ।

त्यसैगरी भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवन आउँदै छन् । ६ मंसिरमा होटल सिराइचुलीमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रचण्ड चितवन आउन लागेका हुन् ।

एमालेको महाधिवेशन चितवनमा गर्ने तय भइसकेपछि प्रचण्ड लगातार चार दिनसम्म चितवनमा बसेर काठमाडौं फिर्ता भएका थिए । आफूलाई चुनौती दिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डको बुझाइ छ । त्यसैले त प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा आगामी चुनावमा चितवन ‘राजनीतिक कुरुक्षेत्र’ बन्ने बताएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगरको दोस्रो नगर अधिवेशन शनिबार हुँदै छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा हुने अधिवेशनलाई प्रतिनिधिसभाका सांसद एवं न्याय, कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । न्यूजकारखाना

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : १७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं