बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदले मागे माफी « Khabarhub

बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदले मागे माफी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी भारतको कर्नाटकमा बलात्कारबारे ठट्टा गर्ने एक सांसदले माफी मागेका छन् ।

‘एउटा भनाई नै छ नि जहाँ बलात्कार अपरिहार्य बनेको छ, झुट बोल्नु र यसैमा रमाउनुहोस्,’कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद आरके रमेश कुमारले केही दिनअघि विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य सांसदसमेत हाँसेका थिए ।

विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि रमेश कुमारले माफी माग्न बाध्य भएका हुन् । आफ्नो भनाइले कसैलाई चोट पुग्न गएमा खुला हृदयदेखि क्षमा याचना गरेको उनले बताएका छन् । ‘महिलालाई अपमान गर्ने मेरो कुनै आशय थिएन । त्यस्तै, विधान सभाको गरिमा घटाउने वा बलात्कारबारे ठट्टा गर्ने कुनै नियत थिएन’, कुमारले भनेका छन् ।

सांसदहरूलाई काबुमा राख्न नसकेको र लाचारीपन देखाएको सभामुखमाथि आरोप लागिरहेका बेला कुमारको अभिव्यक्ति आएको थियो । कुमारको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कुमारकै कंग्रेस पार्टीका सांसदहरुले विरोध गरेका थिए । उनका अभिव्यक्तिले महिलालाई अपमान गरेको भाजपाकी सांसद पूर्णिमा श्रीनिवासले बताएकी थिइन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ३५ बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश