कप्तान बनेपछि सन्दीपको पहिलो प्रतिक्रिया : एक परिवार भएर खेल्ने छौँ « Khabarhub

कप्तान बनेपछि सन्दीपको पहिलो प्रतिक्रिया : एक परिवार भएर खेल्ने छौँ


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूलाई नेतृत्व दिएको विषयमा पहिलो पटक प्रतिक्रिया दिएका छन् । हाल बीग बास लिग खेल्ने क्रममा अष्ट्रेलियामा रहेका सन्दीपले फेसबुकमार्फत पहिलो प्रतिक्रिया दिएका हुन् ।

सन्दीपले भनेका छन् , ‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना सधैं थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म भित्रैदेखि नम्र र सम्मानित छु। म नेपाल क्रिकेट संघ (क्यान), नेपालका भव्य जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’

उनले आफ्नो योजनाबारे पनि खुलाएका छन् । उनले भनेका छन्, ‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछः नेपाललाई विश्व क्रिकेटको यात्रामा प्रभावकारी रूपमा राख्ने। यो हुनकाा लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टोलीको ढोका सबैका लागि खुला रहनेछ।’

उनले एक दिवसीय मान्यता पाएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का पूर्ण सदस्य राष्ट्रहरुसँग खेल्ने वातावरणका लागि पहल गर्नुपर्नेसमेत बताएका छन् । उनले भनेका छन्, ‘सबै सहयोगी राष्ट्रहरूले हामीलाई पूर्ण रूपमा समर्थन गरेका छन्। क्यान र आईसीसीसँगको छलफलमा हामीले पूर्ण सदस्य राष्ट्रहरूसँग पनि थप क्रिकेटका लागि पहल गर्नुपर्छ । हामीसँग धेरै कामहरू छन् र सँगै हामी जे पनि गर्न सक्छौं।’

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिह ऐरीलाई पदमुक्त गर्दै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । क्यानले मल्ल, ऐरीका साथै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि सेन्ट्रलकन्ट्याक्टकबाटसमेत हटाएको छ । क्यानको कारबाहीपछि कारबाहीमा परेका ४ जना क्रिकेटरले कारबाही फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १३ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि