संसद अवरोध हटाउन एमालेलाई सर्वदलीय बैठकको आह्वान « Khabarhub

संसद अवरोध हटाउन एमालेलाई सर्वदलीय बैठकको आह्वान


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदको अवरोध हटाउन सर्वदलीय बैठकले आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सो बैठकका निष्कर्षबारे सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरोध हटाएर संवादमा आउन आह्वान गरिएको बताए ।

उनले संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण भए पनि त्यसको मतलब संसद चल्न नदिने भन्ने नहुने बताए ।

प्रतिपक्षी दल एमालेले उठाएका विषयमा छलफल गर्न सरकार तयार रहेको भन्दै मन्त्री कार्कीले संसदलाई बन्धक बनाउन नहुने सर्वदलीय बैठकले निष्कर्ष निकालेको बताए । उनले विरोध गर्ने र असहमति प्रकट गर्ने जननिर्वाचित थलो संसद भएको भन्दै त्यसलाई लामो समय बन्धक बनाउनु उपयुक्त नभएको बताए ।

नेकपा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले अनुपस्थित रह्यो । सभामुख अग्नि सापकोटाले कारबाही गरिसकेका सांसदलाई पदमुक्त नगरेर एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)