बलिउड स्टार : जो चुम्बन गर्न डराउँछन् « Khabarhub

बलिउड स्टार : जो चुम्बन गर्न डराउँछन्


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– फिल्मको रोमान्टिक माहोलमा अभिनेता र अभिनेत्रीबीचको चुम्बन र अन्तरंग दृश्य सामान्य मानिन्छ । यस्ता दृश्य नभएका फिल्म सायदै कम होला । यस्ता दृश्यबाट बलिउड पनि अछुतो छैन । तर बलिउडका केही स्टारहरु छन्, जो बोल्ड दृश्य त परको कुरा हो, फिल्ममा अभिनेत्रीलाई चुम्बन गर्न पनि मान्दैनन् ।

बलिउड अभिनेता सलमान खानले हरेक फिल्ममा अनुबन्धित हुँदा उनी ‘नो किसिङ’ सर्त राख्छन् । फिल्मी पर्दामा उनले पुरानादेखि नयाँ सबै अभिनेत्रीसँग रोमान्स गरिसकेका छन् । तर कसैले पनि आजसम्म सलमानले अभिनेत्रीलाई चुम्बन गरेको देखेका छैनन् । किनकी सलमान पारिवारिक फिल्म गर्न मनपराउछन् । त्यही कारण उनी ‘नो किसिङ पोलिसी’ अपनाएर प्रत्येक फिल्म साइन गर्छन् ।

अर्का अभिनेता अजय देवगनलाई आजसम्म दर्शकले कुनै पनि फिल्ममा अभिनेत्रीलाई चुम्बन गरेको देखेका छैनन् । बलिउडमा अजय रोमान्टिकभन्दा पनि एक्सन हिरोका रुपमा चिनिन्छन् । तर उनको एक्सन फिल्ममा रोमान्स हुँदैन भन्ने होइन । रोमान्टिक दृश्य भए पनि ती दृश्य ‘हेल्दी रोमान्स’ किसिमका हुन्छन् ।

रितेश देशमुख

यो सूचीमा सलमान र अजयको जस्तै अभिनेता रितेश देशमुख पनि छन् । उनले एडल्ट कमेडी फिल्ममा अभिनय गरे पनि ‘नो किसिङ पोलिसी’ नै अपनाएका छन् । उनले हालसम्म जति फिल्ममा अभिनय गरे, सबै फिल्ममा चुम्बन दृश्य दिएका छैनन् । उनी चुम्बनलाई निजी मामला मान्छन् र यसलाई मनोरन्जनका लागि सार्वजनिक रुपमा प्रयोग गरिनु गलत ठान्छन् ।

अभिनेता फवाद खान चुम्बनको मामलामा सर्तक छन् । यी पाकिस्तान अभिनेताले कैयौं हिन्दी फिल्ममा अभिनय गरिसकेका छन् । दर्शकले उनलाई उस्तै मनपराएका छन् । तर हालसम्म उनले के कारणले फिल्ममा चुम्बन दृश्य नदिएको खुलाएका छैनन् ।

अली जफर

अभिनेता तथा गायक अली जफर फिल्ममा ‘नो किसिङ’ नीतिमा काम गर्छन् । उनी फिल्ममा कसैलाई चुम्बन गर्दा असजिलो अनुभव गर्छन् । त्यहीकारण पनि जोकोही निर्माता निर्देशकलाई आफूलाई चुम्बन दृश्य नदिन भन्छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ०८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी