ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको मेचिनगर नगरपालिका वडा नं. १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख नम्बरको २५१५ ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात र खुट्टामा चोट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ३५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ