उद्योगमा आगलागी, १२ लाखको क्षती | Khabarhub Khabarhub

उद्योगमा आगलागी, १२ लाखको क्षती


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको भद्रपुरस्थित एक कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

भद्रपुर-५ को झापा चोकमा रामचन्द्र सहनीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो । कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

सो क्रममा उद्योगको मेसिनसहित ५७ बोरा तयारी कपास पूर्ण रुपले जल्दा १२ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

मंगलबार साँझ लागेको आगो स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १ : ०१ बजे

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि