उद्योगमा आगलागी, १२ लाखको क्षती « Khabarhub

उद्योगमा आगलागी, १२ लाखको क्षती


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको भद्रपुरस्थित एक कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

भद्रपुर-५ को झापा चोकमा रामचन्द्र सहनीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो । कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

सो क्रममा उद्योगको मेसिनसहित ५७ बोरा तयारी कपास पूर्ण रुपले जल्दा १२ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

मंगलबार साँझ लागेको आगो स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १ : ०१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी