प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल « Khabarhub

प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिशोध साँध्ने योजनाका साथ अघि बढेको आरोप लगाएका छन् ।

दरबारमार्गस्थित एक होटलमा बुधबार बिहान केही सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले ओलीले आफूसहित प्रचण्डलाई जेल हाल्ने योजनाकासाथ अघि बढेको बताए ।

प्रचण्डलाई माओवादीका पूर्वलडाकूका नामको रकम र नेपाललाई ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा अघि बढ्न सक्ने चर्चा भइरहँदा नेपालले आफूहरू दुबै जनालाई जेल हाल्ने प्रपञ्च भएको बताएका हुन् ।

बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर, यो प्रकरण नेपाल प्रधानमन्त्री हुँदा नै अघि बढ्दा पनि उनीविरूद्ध भने मुद्दा लागेको थिएन ।

पूर्वलडाकूका नाममा भएको भनिएको घोटलाको विषय अख्तियारले उठाउन खोज्दा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की नै पदच्यूच भएका थिए । त्यसयता यो विषय पनि अख्तियारले छानविन अघि बढाएको छैन ।

अन्तरक्रियाको अधिकांश समय ओलीको आलोचना गरेका नेपालले भने, ‘मलाई कलेजमा पढ्ने ठेट्नो केटो भनेपछि कति पोल्यो तर मैले जवाफ दिएको छैन। तर, त्यसको जवाफ दिदै गर्दा प्रहार भएजस्तो देखियो। सिस्टमको स्थापना गरेर सबैतिर लागू हुन आवश्यक रहेको छ। पार्टी विधि र पद्धतिमा चलाउने पर्छ।’

ओली गुटगत मानसिकताबाट ग्रसित भएको उनले आरोप पनि लगाए । ओली थुक, वीर्य, खकार र डीएनए टेष्ट गरेर गुट बनाउन लिप्त हुने नेता भएको नेपालको आरोप छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएको छ । ओली र दाहाल-नेपाल समूह एकअर्काविरूद्ध अहिले शक्ति प्रदर्शनमा उत्रिएका छन् ।

 

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ५९ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ