नेपाली सेनामा फेरि घटाइयो पेन्सनको समयावधि « Khabarhub

नेपाली सेनामा फेरि घटाइयो पेन्सनको समयावधि


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनामा सेवा प्रवेश गरेको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ ।

यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको पेन्सन, सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने भएको छ।

नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो।

नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको छ।

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ । नियमावलीअनुसार, अब सहायक सेनानी र सोभन्दा माथिको पेन्सन २० वर्षमा हुनेछ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ । यसले नेपाली सेनामा तल्लो दर्जामा कार्यरतहरूलाई राहत मिलेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : १० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क