कमलपोखरीको जमिन १ इन्च पनि मिचिएको छैन : मेयर शाक्य « Khabarhub

कमलपोखरीको जमिन १ इन्च पनि मिचिएको छैन : मेयर शाक्य


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन् ।

आज काठमाडौँ महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्वोधन गर्दै उनले कमलपोखरीको जमिन एक इन्च पनि नमिचिएको बताएका हुन ।

‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको काम लगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ ।’

उनले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको पनि जानकारी दिए ।

‘बास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उनले भने, ‘पुर्ननिर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो । हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ । तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ । यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’

मेयर शाक्यले पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण भएको बताए ।

‘पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । उहाँहरुले त्यहाँको बारेमा आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण चाँहि गराउनु भएको हो,’ शाक्यले भने, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्ययममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ ।’

अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन १ इन्च पनि नमिचिएको उनले दाबी गरे।

‘कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको छ,’ शाक्यले भने, ‘पुर्ननिर्माणकै क्रममा करीब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यन्त्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ । हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ ।’

हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ । त्यहाँ पनि महानगरपालिकाले सम्पदा मास्यो भनेर प्रचार गरिएको छ,’ ‘उहाँहरुले भने जस्तो कंक्रिट नै कंक्रिट नभई मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेका हौँ । त्यहाँ पनि केही कमजोरी भएको रहेछ भने हामी छफल गरेर समाधान गर्न तयार छौँ ।’

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ४१ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल