यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया | Khabarhub Khabarhub

यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड १९ विरुद्धको खोप नेपालमा ल्याउन छिटो छरितो र सहज रुपमा भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ ।

भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपास सम्बन्धि जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा विशषत त्रिविस्थल भन्सार कार्यलयमा छुट्टै इकाई खडा गरी कर्मचारी खटाइने जनाएको छ ।

यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ ।

खोप पठौरी पूर्व नै कागजातहरु उपलब्ध भएमा खडा भएको इकाइमार्फत जाँचपासको पक्रिया मिलाइने विभागले जनाएको छ ।  पैठारीका कागजातहरुमा खोपको परिमाण तथा मुल्य नखुलेको पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिने विभागका महानिर्देशक सुमन दाहालले बताए ।

उनकाअनुसार पैठारीकर्ताले औषधी व्यवस्था विभागबाट प्राप्त गरेको खोप अनुमतिको प्रमाण पत्र सहित पेश भएका कागजातका आधारमा गेट वा काउन्टरबाटै शीघ्र जाँचपासको व्यवस्था मिलाइनेछ ।

त्यस्तै जाँचपासका लागि आवश्यक कागजात पेश नभएको वा महसुलको सम्बन्धमा कुनै दुविधा उत्पन्न भएमा यथाशीघ्र स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरी मालवस्तुको जाँचपास गरिने व्यवस्था मिलाइने जनाइएको छ ।

भन्सार विभागद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : १२ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ